धरान : सुनसरी जिल्ला अदालतबाट एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका धरान–१३ का २५ वर्षीय रुस्तम राई पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा अदालतबाट सजाय तोकिए पछि  फरार रहेका राईलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधवार बिहान घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीले राईको कोठा खानतलासी गर्दा १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर समेत बरामद गरेको  छ।
सुनसरी जिल्ला अदालतले २०८२ पुस २३ गते राईलाई एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
 उनलाई अदालतमा उपस्थित गराई कैद असुलउपरको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।