इटहरी : शनिवार राति बाइक दुर्घटनामा परि पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीको बालग्राममा दुई जनाको निधन भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको बाइक इटहरी १७ मा निर्माणाधीन कल्भर्टमा अनियन्त्रित भई पल्टँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका ३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत रेग्मी प्रमुख जिल्ला अधिकारीका स्वकीय हुन् ।
जिल्ला प्रशासनमै कार्यरत रहँदै आएका थापाले केही समय अगाडी राजीनामा दिएर लोकसेवाको तयारीमा थिए । राती दुई बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । प्ररम्भीक अनुमान अनुसार कल्भर्ट निर्माणाधीन अवस्थामा रहेको र तीव्र गतिको कारण बाइक नियन्त्रण बाहिर गएकाले दुर्घटना भएको बताइएको छ । मदिरा सेवन गरेको र तीव्र गतिलाई नियन्त्रण गर्न नसकेको कारण दुवै जनाको मृत्यु भएको अनुमान छ ।







































































