धरान : खैरेनीटार धरान–४ ढुंगेकला पार्कमा दर्जनको सङ्ख्यामा ढुङ्गाका कलाकृति  निर्माण सम्पन्न भएपछि अजङगको ‘ढुंगेकला याक्थुङ लुङ’ ढुङ्गा प्राकृत रूपमा स्थापना गरिएको छ ।
पार्कमा नेपालका फुटबल, क्रिकेटका प्रसिद्ध खेलाडीहरू, गौतम बुद्ध, फाल्गुणनन्द सहित प्रायोजनमा व्यक्तिचित्र ढुङ्गामा खोपिएका दर्जन चित्रकलाहरू छन् । ढुङ्गै ढुङ्गामा खोपिएका कलाकृतिको पार्कमा आज स्थापना गरिएको सबै भन्दा ठुलो ढुङ्गा भने प्राकृतिक स्वरूपमै छ । 
फलामको सिलाम साक्मा सँगै गाडिएको याक्थुङ लु्ङ सतह माथी ६ फिट आग्लो, ४ फिट गोलाईका जमिनमा ३ फिट गाडिएको चुम्लुङ केन्द्रीय सदस्य मोहनकुमार हुक्पाचोङबाङले बताए । अजंगको ढुङ्गा मोरङको सेरा खोलाबाट ल्याउँदा र स्थापना गर्दा लाख रुपैयाँ बढी खर्च भएको छ ।  
पार्कको नाम ढुंगेकला पार्क भएकोले लिम्बु मुन्धुममा पाइने यो याक्थुङ लुङ पार्कको प्रमुख आकर्षण बन्ने उनको भनाई छ । उनका अनुसार लुङको वरिपरि के–लाङ नृत्य, धान नाच सहित सांस्कृतिक प्रस्तुत गरिने, दर्शक दीर्घा बनाइने छ ।
लुङको विधिवत् स्थापना गर्दै मुन्धुम साम्बाव्दय मोहन लिबाङ, मनकुमार लाबुङले मुन्धुमअनुसार ‘ढुंगेपार्क याक्थुङ लुङ’ नामाकरण समेत गरेका हुन ।    
लिम्बु संस्कृतिमा मूर्ति पूजाको चलन पाइन्न तर, लुङ (ढुङ्गा)को अर्थपूर्ण मुन्धुम पाइन्छ । मुन्धुममा लुङको रोचक लोककथा–किस्सा, किम्बदन्ती, ईतिहास हुन्छ । तर उहिलेका पुर्खाले उभ्याएको मुन्धुमी लुङहरुमा खुपिएका कलाकृति पाइन्न । 
मुन्धुम साँवा फेदाङमा मोहन लिबाङका अनुसार प्राण ऐतिहासिक कालमा लिम्बु दाजुभाई युद्धको मोर्चा चार दिशा छुट्टिएर जाँदा जितरे आएपछि यही ठाउँमा भेट्ने भनी वाचा गरेर लुङ गाड्ने गरिएको मुन्धुममा आउँछ । 
पछिल्लो समय दश लिम्बुवान १७ थुमको सन्धि, सम्झौता भएका ऐतिहासिक ठाउँहरू, ऐतिहासिक साँध सिमानाहरूमा वाचा बन्धन सहित अजंग, अजंगका लुङहरु गाडिएको मुन्धुम साँवा येबा मनकुमार लाबुङ बताउँछन् ।    
तर लिम्बुवानका विभिन्न ठाउँमा अहिले पनि पाइने लुङहरुमा कुनै कुरा वा तिथि मिति कुँदिएको समेत पाइन्न । ढुंगोकला पार्कको लुङहरुमा कलाकृतिहरू, तिथि मिति नाम विवरण खोपिएर भविष्यमा लेखिने इतिहासको लागि सहज गरिदिएको छ ।