धरान : नेपाली काँग्रेस, सुनसरी १ सुनसरीले भोटेकोशी बाढी पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको छ ।

क्षेत्रीय समितिले आज बिहीबार एक कार्यक्रम आयोजना गरी सङ्कलित रकम नेपाली काँग्रेस विपद् व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजीव कोइराला र जिल्ला सभापति केदार भण्डारीलाई चेक हस्तान्तरण गरेको हो ।

सभापति सुजेन्द्र तामाङको अध्यक्षता भएको हस्तान्तरण अवसरमा दाताहरूलाई केन्द्रीय सदस्य राजीव कोइराला, पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, कोशी प्रदेश सदस्य किशोर राई, जिल्ला सचिव माधव घिसिङ, संसदीय दल धरानका नेता नरेन्द्रकुमार राई प्रवीणले खादा लगाई सम्मान गरे ।