धराने संगितकर्मीले बनाए कोरोना सम्बन्धी चेतनामुलक म्युजिक भिडियो

  • बैशाख २२, २०७७
  • ५४७ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : अहिले विश्वनै कोरोना संक्रमणले पिडामा छ ।कोरोना महामारीबाट  बच्न अहिलेको परिवेशमा एकमात्र उपाय दुरी कायम गरी घरमै बस्नु नै रहेकोले सबैतीर लकडाउन गरिएको छ ।

अहिले हामी सबै मिलि कोरोना महामारी संग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालनाले नै हाम्रो देशमा यसले महामारीकै रुपमा लिईसकेको त छैन तर पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ  । यसै सन्दर्भमा धरानका केहि संगीतकर्मीहरु मिलि कोरोना महामारीबाट  बच्न घरमै बसौं भन्दै एउटा  सचेतनामुलक गीतको भिडियो तयार गरेका छन् ।

संगीतकर्मीहरु रोहित मास्के , हेम सुब्बा , सन्जिब लामा र मनोज मोतेको समुहले घरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाईल बाटनै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेका छन्  ।

उक्त "हामी बाँचौ,यो देश बचाऔं , संसारलाई बचाऔं  " बोलको गीत को रचना ,संगीत , संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के,सन्जिब लामा र मनोज मोतेले स्वर दिएका छन्   । त्यसतै गीतको मिक्सिङ्ग हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामा तामांगले गरेका छन् ।

बन्द छ नभनी देउ , जित्नु छ यो लडाईं  हामीले मिलेर

लड्नु छ हामी एक भई जित्नु छ हामी बन्दी  भई  यहाँ

जोगिनु छ सबैले

हामी बाँचौ , यो देश बचाऔं , संसारलाई बचाऔं

Save your life ,save the people

Save the nature & Save the world

अहिलेको यो महामारी देखेर हामी सबै मिलेर यो महामारीबाट बच्न घरमै बस्न अनुरोध सहितको यो गीत तयार गरेको गायक रोहित मास्केले बताए । घरमै बसेपनि प्रविधिको प्रयोग गरेर सबैले घरबाट  नै काम गरेर यो गीत तथा म्युजिक भिडियो तयार गरेको गायक सन्जिब लामाले बताए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved