इटहरी : उपमहानगरमा लकडाउनकै बिच वजेटनीति तथा कार्यक्रम निर्माणका लागि तयारी सुरु गरिएको छ ।

कार्यक्रममा उपमहानगरले विभिन्न महाशाखा तथा शाखा प्रमुखहरू सँग छलफल गरेको छ । महाशाखा तथा शाखा प्रमुखहरू सँग चालु आर्थिक वर्षमा भएको प्रगतिका बारेमा समीक्षा गरिएको नगरप्रमुख द्धारिकलाल चौधरीले बताए ।

छलफलमा महाशाखा तथा शाखा प्रमुखहरूले अहिले सम्म के के भए के के वाँकी छ अव के के गर्न सकिन्छ भन्ने बारेमा र बजेट कार्यान्वयनको अवस्था प्रस्तुत गरेका छन् ।

वैशाख ३१ गते कार्यपालिकाको बैठक बसेर बाँकी अवधिमा कसरी प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गर्दै विकास निर्माणलाई अघि बढाउन सकिन्छ भन्ने विषयमा निर्णय गरिने नगरप्रमुख चौधरीले बताए ।