धरान : धरानकी कोरोना सङ्क्रमित महिला धरानको एक निजी विद्यालयको शिक्षिका भएको खुलेको छ ।

उनको रिपोर्ट बारे उनलाई जानकारी गराउनु पहिले सम्म अनलाइन मार्फत एसइई परीक्षामा तयारी गरी रहेका विद्यार्थीहरूलाई पढाई रहेकी थिइन् । अहिले धरान १३ को शिव धारा क्षेत्र सिल गरिएको छ भने सो क्षेत्रमा विशेष पहिरन सहित सुरक्षाकर्मी खटाइएको छ । शिबधारा क्षेत्रको कोसी राजमार्ग क्षेत्रमा कुनै पनि सवारीसाधन चल्न दिइएको छैन ।

सङ्क्रमितको श्रीमानमा स्वास्थ्य समस्या भएकोले स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भएकोले हिजो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुवै दम्पती स्वास्थ्य प्रतिष्ठानको ओपिडीमा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए ।

सो क्रममा उनको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको पारिवारिक श्रोतले जानकारी दिएका छन् ।
उनको उपचारका लागि अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लान तयारी भइरहेको बताइएको छ ।