धरान : मोड्युलस फर्निचर इन्डस्ट्रिज प्रालिले बजार विस्तारको योजना अघि बढाउन इटहरीमा गरेको डिलर तथा डिस्ट्रिब्युटरको भेलामा २०० बढी सहभागी भएका छन् ।
इन्ड्रष्ट्रीज युके इन्टरनेसनल सर्टिफिकेसन लिमिटेडसँगको सहकार्यमा उत्पादित मोड्युलस ब्रान्डका कुर्सीको बजार विस्तारको योजना अघि बढाएको हो । कम्पनीको आगामी व्यापारिक योजनाबारे छलफल गर्न शनिवार इटहरीस्थित होटेल रामदामामा ‘मोड्युलस नाइट’आयोजना गरिएको हो।
कोशी र मधेस प्रदेशका २ सयभन्दा बढी डिलर तथा डिस्ट्रिब्युटर सहभागी भएको कार्यक्रममा कम्पनीको पछिल्लो बिक्रीको समीक्षा,आगामी व्यापारिक योजना तथा बजारको अवस्थाबारे छलफल गरियो । डिलर तथा डिस्ट्रिब्युटरबाट बजारमा देखिएका समस्या, ग्राहकको माग र सुझाव सङ्कलन गरियो ।
कम्पनीले सोही अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने डिलर तथा डिस्ट्रिब्युटरलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । उत्कृष्ट एवार्ड प्राप्त गर्नेमा श्याम इन्टरनेसनल प्रालि रह्यो ।
कम्पनी प्रमुख प्रवीण श्रीवास्तवले व्यापारसँगै ग्राहकलाई सेवा, आवश्यक परामर्श र सुझाव दिन डिलर तथा डिस्ट्रिब्युटरलाई आग्रह गरे। कम्पनीले डिलर तथा डिस्ट्रिब्युटरलाई विभिन्न छुटमा सामान उपलब्ध गराउने जानकारी दिएको छ।








































































