धरान : धरानमा पनि कोरोना सङ्क्रमित भेटिएपछि धरान उपमहानगरपालिकाले नगरबासीलाई लकडाउनको पूर्ण पालना गर्न अपिल गरेको छ ।

बुधबार साँझ धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ यस कठिन घडीमा कोरोना भाइरसको सङ्क्रमण व वृद्धि हुन नदिन धैर्यताका साथ थप सतर्कता अपनाउनु हुन तथा लकडाउनलाई पूर्णताकासाथ पालना गर्नु हुन र घरमै बसी स्वास्थ्यकर्मी तथा विज्ञहरूले दिनु भएको सुझाव कार्यान्वयन गर्नु भई कोरोना सङ्क्रमणबाट आफू जोगिन र अरूलाई पनि जोगाउनु हुन अनुरोध गर्दै हार्दिक अपिल गरेको छ ।

आज मिति २०७७ जेठ ७ गते धरानका एक (१) जना बिरामीमा कोरोना सङ्क्रमण देखिएको हुँदा सम्पूर्ण धरानवासी आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई यस कठिन घडीमा कोरोना भाइरसको सङ्क्रमण वा वृद्धि हुन नदिन धैर्यताका साथ थप सतर्कता अपनाउनु हुन तथा लकडाउनलाई पूर्णताकासाथ पालना गर्नु हुन र घरमै बसी स्वास्थ्यकर्मी तथा विज्ञहरूले दिनु भएको सुझाव कार्यान्वयन गर्नु भई कोरोना सङ्क्रमणबाट आफू जोगिन र अरूलाई पनि जोगाउनु हुन अनुरोध गर्दै हार्दिक अपिल गर्दछ भनिएको छ ।