धरान : धरान–५ स्थित हिमाली माविको शिक्षक–अभिभावक सङ्घको अध्यक्षमा दीपक घिसिङ सर्वसम्मत चयन भएका छन् ।
आज बिहीबार भएको अभिभावक भेलाले घिसिङको अध्यक्षतामा ११ सदस्यीय सङ्घको कार्यसमिति गठन गरेको छ । समितिका सदस्यहरूमा सुक माया श्रेष्ठ,सरिता मुखिया,सुनिता रिजाल,धनकुमार विक,शिला लिम्बू,सुजता विक र विमला राई छन् ।
समितिमा प्रधानाध्यापक यमकुमार खत्री सदस्य–सचिव, धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बू पदेन सदस्य तथा शिक्षक प्रतिनिधि गणेश तामाङ रहेका छन् ।