इटहरी : इटहरीको पश्चिम लाइनस्थित एनसेल गल्लीमा स्मार्ट सजिलो ट्राभल एण्ड टुरको कार्यालय उद्घाटन गरिएको छ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्।

केही समयदेखि सञ्चालनमा रहेको कम्पनीले आफ्नै कार्यालयबाट पर्यटकीय बस सेवा, होटेल बुकिङ, टुर प्याकेज, ट्राभल इन्स्योरेन्स, गाइड सेवा तथा विद्यार्थी र विभिन्न समूहका लागि आवश्यक ट्राभलसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।

कम्पनीले मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी, रारा, मुगुलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी भ्रमण प्याकेज सञ्चालन गर्ने जनाएको छ।

म्यानेजिङ डाइरेक्टर अधिकारीले ‘वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्नुपर्छ’ भन्ने उद्देश्यले ट्राभल व्यवसाय सञ्चालनमा ल्याइएको बताए।

नयाँ कार्यालय सञ्चालनसँगै इटहरीबाटै यातायात, होटेल, टुर प्याकेज, बीमा र गाइडसहितको एकीकृत सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बिजनेस डेभलपमेन्ट म्यानेजर तिम्सिनाले बताए।