धरान : महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्मचारी परिवारले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १३ लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट ५ लाख ७३ हजार ९९८ रुपैयाँ ४१ पैसा र कर्मचारीबाट स्वेच्छिक रूपमा सङ्कलित ७ लाख २६ हजार १ रुपैयाँ ५९ पैसा गरी कुल १३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ।

रकम जम्मा गरेको बैङ्क भौचर तथा प्रमाण संस्थाका अध्यक्ष मोहन हरि आचार्य र सञ्चालक निमानन्द कँडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

महुली लघुवित्तले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहेको जनाउँदै शीघ्र पुनर्स्थापना तथा जनजीवन सामान्यीकरणको कामना गरेको प्रमुख कार्यकारी अधिकृत सरोज कुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।