इटहरी : नेपालमै उत्पादन भएको पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लमिनारले इटहरीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
कलर हाउस एण्ड सेनेटरीसँगको सहकार्यमा शुक्रवार सोरुमको उद्घाटन गरिएको हो । बर्दियामा उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) भएको कम्पनीले जनाएको छ ।
निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले टाइल्सहरू घर, होटेल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको बताइएको छ ।
लामिनार शोरुमहरूमा फुलबडी, एन्टिब्याक्टेरियल सर्फेस र हाइ-ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन् । कम्पनीका अनुसार सोही कारखानाबाट दैनिक १ लाख ४० हजार वर्ग फुटभन्दा बढी टायल उत्पादन हुने गरेको छ।
इटहरीमा घर, व्यावसायिक भवन र विभिन्न निर्माण आयोजनाहरू विस्तार भइरहेको अवस्थामा टायल छनोटको एक नम्बर बन्ने लक्ष्य लामिनारले लिएको छ ।
विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएको कम्पनीका निर्देशक अभिनव चुरिनवले बताए । उनले भने, ‘लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन्। अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ।’








































































