धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्ड २२ घण्टाको अन्तरमा पुनः सिल भएकोमा बुधवार अपरन्ह देखि फेरी सुचारु भएको छ ।

मङ्गलवार जिल्ला अस्पताल धनकुटाका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि मंलबार रातीदेखि नै २२ घण्टाको अन्तरमा गाइनो वार्ड दोस्रो पटक सिल गरिएको थियो ।
उनलाई आइसोलेसन वार्डमा राखिएको थियो ।

मंगलबारनै उनको स्वाब परीक्षणका लागि लिइएकोमा बुधवार दिउसो उनीमा कोरोना नभएको रिपोर्ट आएपछि अपरन्ह ४ बजे देखि गाईनो वार्ड पुनः सुचारु गरिएको हो । आशङ्का गरिएको महिलाको ‘पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि अव उनको प्रसूतिको लागि तयारी गरिने प्रसूति विभागका प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीले जानकारी दिएका छन् ।