धरान : इलाका प्रहरी कार्यालय धरानले नाबालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

धरान-१५ मिलन पथ बस्ने ४० बर्षीय श्री प्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ८ बर्षकी नाबालिकालाई फकाई जवरजस्ती करणी गरेको भन्दै पिडीतकी आमाले प्रहरीमा उजुरी गरेकी थिइन् । गत जेष्ठ ५ गते लिम्बुले नाबालिकालाई लिम्बुले जबरजस्ती करणी गरेको पिडितकि आमाले उजुरी दिएकी थिइन् ।

पिडित रहेका लिम्बु तत्काल फेला नपरेको बताएको प्रहरीले बिहिबार (आज) पक्राउ गरेको हो । प्रहरीले पिडित नाबालिकाको स्वास्थ्य परिक्षण गरिसकेको जनाएको छ ।