सोलुखुम्बु  : सोलुखुम्बु सोताङ बस्ने ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेकी छिन ।

बिहिवार दिउसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय प्रताप सिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन । तत्काल प्रहरीमा खबर हुनसाथ उनलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।