धरान : शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले विहान ९ बजे अध्यावधिक विवरण सार्वजानिक गरे अनुसार कोभिड १९ कोरोना पुष्टी भएकाहरूको जम्मा संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीस जना रहेको छ ।

जो नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् भने नवलपरासी, सुस्ता गाउँपालिका(५ र रामग्राम न.पा.-३, १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीय महिला रहेका छन् ।

कपिलवस्तु बाणगंगा न.पा.मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका रहेका छन् । यसैगरी सर्लाही, गोडैता न.पा.- ८, ९, ११, १३ र १४ र रामनगर वहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीय महिला रहेका छन् ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।