धरान : धरानमा कोरोना उपचार गर्ने विशेष अस्पताल भएकाले धरानलाई स्वास्थ्यको मामिलामा थप विशेष बनाउन उपमहानगरपालिकाले आग्रह गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई पत्र लेख्दै उपमहानगरपालिकाले विशेष प्राथमिकतामा राख्न पत्र लेख्दै आग्रह गरेको हो ।

उपमहानगरले धरान क्षेत्रबाट प्रदेशसभाका सदस्यहरु मार्फत मुख्यमन्त्रीलाई शुक्रवार पत्र पठाएको हो । कोरोना भाइरस नियन्त्रण पत्रमा तेस्रो श्रेणीका बिरामीको उपचार गर्न १०० शैयाको प्रदेश स्तरीय कोभिड १९ अस्पताल वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्थापना गरिएको उल्लेख गरेको छ ।

कोरोना विशेष अस्पताल बनाएकाले धरानमा थप संक्रमण फैलिन सक्ने जोखिम रहेकोले थप सुरक्षाको प्रबन्ध गर्नुपर्ने नगर प्रमुख तिलक राईले पत्रमा उल्लेख गरेका छन् । पत्रमा महामारीको समयमा खटिएका कर्मचारी र जनप्रतिनिधिहरुको स्वास्थ्य परीक्षण समेत गर्न समेत माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ 'कोभिड १९ का शङ्कास्पद व्यक्ति र परीक्षण बाट पत्ता लागेका बिरामीको उपचार को लागि अस्पताल लैजान आवश्यक सुरक्षा सामाग्री सहित डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन का कार्य, डिसइन्फेक्शन गर्ने कार्य,

दुर्घटनावश कोभिड १९ पोजेटिभ देखिएको कुनै बिरामीको मृत्यु भएमा सुरक्षित रूपमा दाहसंस्कार स्थलसम्म लैजाने वाहन र तालिम प्राप्त जनशक्तिको व्यवस्थापन जस्ता विषयहरू यस उपमहानगरपालिकाको आफ्नै श्रोत, साधन र क्षमताले धान्न नसक्ने भएको यथाशक्य छिटो व्यवस्थापनको जनप्रतिनिधि माननीयज्यूहरू मार्फत हार्दिक अनुरोध गर्दछु ।'

bigyapti 1

bigyapti 2