कचनकवल गाउँपालिकामा समुदायमा कोरोना फैलने खतरा कम, नआत्तीन गाउँपालिकाको आग्रह

  • जेठ ९, २०७७
  • ३६३ पटक पढिएको
  • सुदिप अधिकारी
alt

झापा : चार दिनको अन्तरालमा ३३ जना कोरोना संक्रमित फेला परेपछि झापाको कचनकवल गाउँपालिकामा उच्च सतर्कता अपनाईएको छ । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले कोरोना संक्रमितको संख्या बढेपनि समुदायमा फैलिने खतरा कम भएको भन्दै आम गाउँपालिकावासीलाई नआत्तिन आग्रह गरेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरूमा मात्रै संक्रमण देखिएकाले समुदायमा फैलन सक्ने खतरा तुलनात्मक रूपमा कम रहेको अध्यक्ष आलले बताए । आलमले भने, “उनिहरु सबै क्वारेन्टाईनमा बसेका हुन् । अहिलेनै समुदायमा फैलिने कतरा अलि कम छ । त्यसैले आत्ती हाल्नुपर्ने अवस्था छैन तर संयमित बन्न आवस्यक छ ।”

भारतबाट लुकीछुपी प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले पक्राउ गरेका उनीहरू सबै क्वारेन्टाइनमा थिए । भारतबाट आउनासाथ उनीहरुलाई सिधै क्वारेन्टाइनमा लगेर राखिएकाले समुदायमा भाईरसको संक्रमण फैलने सम्भावना न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंले जानकारी गराएका छन् ।

गाउँपालिकामा ठुलो संख्या कोरोना भाईरस संक्रमित फेला परेपछि ५ दिनका लागि सिंगो गाउँपालिका सिल गरिएको छ । यस्तै गाउपालिका अध्यक्ष आलमा अनुसार भारतबाट आउन चाहनेहरूलाई तत्काल प्रवेशमा कडाइ गरिएको छ ।

गाउपालिकामा भारतबाट आएकाहरूलाई राख्न पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविमा दुइटा क्वारेन्टाइन बनाईएको भएपनि संक्रमित थपिएसँगै अझै दुईवटा क्वारेन्टाईन थप गरिएको अध्यक्ष आलमले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved