धरान : शनिवार बिहान थप ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ४८ पुगेको छ ।

शनिवार बिहान थपिएकाहरूको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला भरतपुरमा भएको थियो ।

कपलबस्तुको वाणगङ्गा नगरपालिका १७, १९, २२, २९, ३५, ४०, ४२ पुरुष र २७ वर्षीय एक महिला रहेका छन् । यसै गरी सर्लाहीको गोडैला कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष, बाराको करैयामाई गाउँपालिकाको २७ वर्षीय महिला, काठमान्डौको ३५ वर्षीय पुरुष, रुपन्देहीको गैडाहवा र रोहिणी गाउँपालिका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ वर्षीय पुरुष र चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो पछिल्लो सङ्क्रमित सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको छ भने ७० जना निको भईसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।