इटहरी : सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद-उल-फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयको आधारमा सरकारले आइतबार बिदा दिने भएको हो ।

सोहि आधारमा गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईदुल फित्र)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।