धरान : धरान १ मा भारतबाट आएका युवालाई इटहरी स्थित जनता क्याम्पसको क्वारेनटाइनमा रेफर गरिएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार ती युवा भारतको विहार स्थित छपराबाट आएका हुन् । शुक्रवार राति उनी धरानको कृषि उपज बजारमा आँप ल्याएर आउने गाडीमा धरान आई पुगेका हुन् । उनको स्वास्थ्य परीक्षणको लागि शनिवार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा पुर्‍याएको थियो ।

त्यहाँ उनको हिस्ट्री चेकिङ र ज्वरो जाँच्ने काम भएको थियो । उनलाई तत्कालै क्वारेनटाइनमा रेफर गरिएको भए पनि धरान १३ स्थित सैनिक आवसिय विद्यालयको हाता भित्र रहेको क्वारेनटाइनमा नराखिने भएपछि उनलाई इटहरी आरडीटि परीक्षण गरेर पठाइएको प्रमुख मेहेताले बताए ।

आइतबार जनता क्याम्पसको क्वारेनटाइनबाट थ्रोट स्वाब लिई पिसिआर परीक्षण गरिने पनि बताइएको छ ।