लेटाङ : मोरङको उत्तरी नगरपालिका लेटाङमा रहेको सामुदायिक विकास मञ्ज नेपाल सिडिएफले लेटाङ नगरपालिका अन्तर्गतका स्वास्थ्य र सुरक्षा निकायहरुमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि ३ सय २५ थान केएन ९५ मास्क मास्क, २० पकेट मेडिकल पेपर मास्क, पन्जा र मेडिकल क्याप वितरण गरेको छ ।

सो सामाग्रीहरू प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ, स्वास्थ्य चौकी वारङी, स्वास्थ्य चौकी भोगटेनी, स्वास्थ्य चौकी जाते, आधारभूत स्वास्थ्य चौकी बुधबारे, इलाका प्रहरी कार्यालय लेटाङ र अस्थायी प्रहरी चौकी जातेलाई सङ्स्थाका अध्यक्ष किशोर भट्टराईद्वारा हस्तान्तरण गरिएको हो ।

विश्वमा महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बाच्न र बच्न अग्रपङ्तीमा रहेर खटी रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु सुरक्षित हुन सकुन् भन्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको सिडिएफ नेपालका कार्यक्रम संयोजक नर बहादुर लिम्बुले जानकारी दिए ।