धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत र नेपाल सिमानामा गस्ति गर्ने क्रममा भारतबाट भन्सार छली गरेर सर समानहरु ओसारी रहेका ७ मोटर साईकलहरु नियन्त्रणमा लिएको छ ।

मोटरसाईकलहरुमा सलाई ६ के.जी,सुर्ति २०५ के.जी, विडी १० के.जी, प्लाष्टिकको डोरी ७० के.जी, प्लाष्टिको रोल २६ के.जि ,दिलवाले रक्सी ४ बोरा र २२ काटुन अन्य सर समान बरामत गरिएको उक्त  बरामत समाग्री ३ लाख ७१ हजार ४ सय मुल्य बराबरको रहेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

प्रहरीको टोलीलाई देखिर मोटसाईकल तथा समानहरु छाडी ब्यक्तिहरु फरार रहेकाछन । उक्त बेवारिसे अवस्थामा फेला पारीएका  ३ लाख ७१ हजार ४ सय बराबरको समाग्री र ७ मोटर साईकलहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले भन्सार ऐन अन्तर्गत कारवाहीको लागि मिति २०७७।०२।२० गते सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाईएको थापाले बताए ।