इटहरी : नोबेल अस्पताल विराटनगरले सुनसरी जिल्लाका पत्रकारहरुको उपचार खर्चमा ५० प्रतिशत छुटमा उपचारमा छुट दिने भएको छ ।

नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।
प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडियामा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् ।

‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिशत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’

एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर यो सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि नविकरण समेत हुने बताईएको छ ।

प्रेस युनियनले सुरुमा पत्रकारहरुको नामावली पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।