धरान : धरान-१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार आगालागिको कारण खुल्न नसकेको जानकारी दिएका छन् । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणकालागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पारुन्जेल सम्म आगो नियन्त्रणमा आईसकेको छैन भने काठले बनेको दुई तले घर जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले बताएको छ ।