धरान : सुरक्षा समितिको निर्देशन पालना गरी खटाएको क्षेत्रमा अपराधरहित समाज निर्माणकालागि कुशल नेतृत्व सम्पादन गरेकोमा धरानका डिएसपी  ढुण्डिराज न्यौपानेलाई जिल्ला प्रशासन कार्यालयले गत बुधवार प्रशंसापत्र सहित सम्मान तथा  विदाइ समेत गरेको छ।

इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नायव उपरीक्षको जिम्मेवारी सम्हालेका ढुण्डिराज न्यौपानेको उक्त प्रशंसापत्रमा जिल्ला प्रशासन कार्यालयका प्रमुख राजेश पौडेलको हस्ताक्षर रहेको छ। विदाई कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख कमल थापा, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।dsp-sir-2

खटाएको क्षेत्रमा सुरक्षा समितिको निर्देशन पालना गरि अपराधरहित समाज निर्माणकालागि कुशल नेतृत्व सम्पादन गरेकोमा न्यौपानेलाई प्रशंसापत्र सहित सम्मान गरि नयाँ कार्यक्षेत्रमा पनि सफलताको शुभकामना दिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए।

धरानमा गत मंसिरको चुनाव,डेंगू रोगका नियन्त्रण साथसाथै कोरोना माहामारीमाको अवस्थामा पनि भएको जनशक्ति उचित ढंगले परिचालन गरि कुनै समस्या आउन नदिएकोमा इमान्दारी , प्रभावकारिता, व्यवसायीक  दक्षतापूर्वक जिम्मेवारी सम्हालेका न्यौपानेलाई प्रमाणित हुनेगरि उचित मूल्याङकन गरेको भनि पौडेलले न्यौपानेको प्रशंसा समेत गरे।

डिएसपी न्यौपानेले धरानमा करिब १३ महिना नेतृत्व सम्हाले र गत जेठ १५ गते सरुवा भएका न्यौपाने धरानका विभिन्न संघसंस्थाहरुको विदाई कार्यक्रम ब्यस्त देखिन्छन् ।