धरान : सुनसरीको भोक्राहा स्थित होल्डीङ एरियामा बसेका दुई जनामा कोरोना पुष्टि भएको छ । 

सुनसरीको भोक्राहा स्थित होल्डीङ एरियामा रहेका दुई जना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ । दुवै सङ्क्रमित भारतबाट आएको बुझिएको छ भने उनीहरू दुवै सुनसरी जिल्लाका भने होइनन् ।

एक जना ताप्लेजुङका र अर्को एक जना मोरङको रहेको स्रोतले बताएको छ । उनीहरूको स्वाबको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको हो ।