धरान : विराटनगरको स्वागत गेट देखि रानी सिमाना सम्म खटिएका  प्रत्यक  प्रहरी र स्वंयसेवकलाई  बाटैमा खाजा र पानी वितरण गरेको छ ।

विराटनगरमा रहेको अनलाइन खाद्यान्न वितरण गर्ने छिटोमीठो र नाङ्लो म:म को संयुक्त आयोजनामा विराटनगरमा शान्तिसुरक्षामा खटिएका प्रहरी , स्वयंसेवक र विद्यार्थीलाई बुधबार  खाजा वितरण गरेको छ।

घाम पानि नभनि महामारीको अवस्थामा जनताको सेवामा खटिने प्रहरीलाई यस समयमा प्याकेटका खाजा चाऊचाऊ र बिस्कुट भन्दा तातो म:म १ प्लेट र १ बोतल प्रत्यक  पानी २५० बढीलाई सहयोग गरेको आयोजकका विपिन प्याकुरेलले बताए।