धरान : पछिल्लो समय कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढीरहे सँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटले नियमित प्रेस व्रिफिङको क्रममा बिहीबार पाल्पामा एक जना ४५ वर्षीय पुरुषको करोना सङ्क्रमणकै कारण मृत्यु भएको पुष्टि गरेका छन् ।

पाल्पाको क्वारेनटाइनमा बसेको र उनको स्वास्थ्यमा समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएका उनको जेठ २० गते मृत्यु भएको हो ।

उनको स्वाबको रिपोर्ट कोरोना पोजेटिभ आएकोले उनी कोरोना सङ्क्रमणबाटै मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।