धरान : सुनसरीमा बिहीबार साँझ फेरी थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीको बराहाक्षेत्र नगरपालिकाका ३ जना १९, २० र २७ वर्षका पुरुष र गढी गाउँपालिकाका २१ र ३० वर्षीय पुरुष २ जना गरी ५ जना थप नयाँ सङ्क्रमित सुनसरीमा थपिएको छ । उनीहरू सबैको परीक्षण प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको हो । सङ्क्रमित सबै जना क्वारेनटाइनमै बसेकाहरू रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख सागर प्रसाईँले जानकारी दिएका छन् ।
यो पछिल्लो सङ्क्रमित सँगै सुनसरीमा कुल सङ्क्रमितको सङ्ख्या १७ पुगे स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।