धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थाे अव्जरभेसन वार्डमा उपचारमा आएका एक जना बच्चामा कोरोना पोजेटिभ देखिएको छ ।

१० वर्षीय बच्चाको खुट्टामा फ्याक्चर भएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७, ८ दिन अघि ल्याइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । उनको खुट्टाको अप्रेसन गर्नुपर्ने भएकोले अप्रेसन पूर्व पिसिआर परीक्षण गर्दा बिहीबार बेलुकी बच्चाको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।

उनको उपचारमा के कति चिकित्सक, नर्सहरू संलग्न थिए भनेर ट्रेसिङको भइररहेकोले अहिले अर्थो अब्जरभेसन वार्डमा आवतजावत बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

बच्चामा कोरोना पोजेटिभ रिपोर्ट आएपछि गएरातिनै आइसोलेसन वार्डमा सिफ्ट गरिसकिएको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार अव वार्डलाई डिस्इन्फेक्ट गरिने छ । सङ्क्रमित बच्चा धरान बाहिरको बताइएको छ ।