धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकालागि ल्याइएकी कोरोना सङ्क्रमित बालिका बराहक्षेत्र नगरपालिकाको वडा नं. ७ को भएको खुलेको छ ।

खुट्टामा फ्याक्चर भएर अर्थाे अव्जरभेसन वार्डमा भर्ना भएकी बालिकामा कोरोना पुष्टि भएपछि अहिले प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा खटिएका चिकित्सकहरूको कन्ट्याक टे्रसिङ भइरहेको छ । अहिले पुरै वार्ड खाली गराएर डिस्इन्फेक्ट गर्न तयारी भइरहेको हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरीले बताए ।

सङ्क्रमित बालिका शनिवार तिघ्रामा भाँचिएको अवस्थामा पेडियाट्रिक इमरजेन्सीमा आएको र सम्पर्कमा आएका सबै चिकित्सकको ट्रेसिङ गरी वार्डमा रहेका बिरामी र चिकित्सकको पिसिआर परीक्षण गर्ने तयारी अहिले भइरहेको बताइएको छ ।

सङ्क्रमित बालिकालाई राति नै आइसोलेसन वार्डमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।