धरान : झापा स्थित बिर्तामोड, भद्रपुर, कुमरखोद र धुलाबारी एरियाहरुबाट जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरीले सुचनाको आधारमा अबैध समान र नगद बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ लुकाई छिपाई जुटको बोरामा अबैध सुर्ति,रजनिगन्धा र लत्ताकपडा गरी ७ लाख ४६ छयालिस हजार ६६९ रुपैयाँ बराबरको समानहरु फेला पारेको छ ।

उक्त बरामत समान  आवश्यक कारबाहीको लागी भन्सार कार्यालय झापामा बुझाउने  जिल्ला प्रहरी  कार्यालय झापाले जनाएको छ ।