धरान : सुनसरी जिल्लाको कोशी गाउपालिका- ७ हरिपुर स्थित भित्री सड्क खण्डमा अवैध लागुऔषध ब्राउनसुगर बिक्री गर्ने भारत बिहार राज्यका दुई जना मानिसलाई  जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सुपौल ग्राम पंचायत फत्तेहपुर -१ वस्ने वर्ष २० को लक्ष्मण कुमार पासवान र सोहि स्थान वस्ने १९ वर्षका अर्जुन कुमार पासवानलाई सुनसरी प्रहरी गस्ति टोलीले संकालागि चेक गर्न क्रममा प्रक्राउ गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले  जानकारी दिए ।

कालो प्लाष्टिक भित्र पारदर्शी प्लाष्टिकमा अवैध लागुऔषध ब्राउनसुगर ८ ग्राम ५८० मिलि ग्राम लागुऔषध बरामद गरेको सुनसरीले जनाएको छ ।

दुबैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम मुद्धा दर्ता गरी  जिल्ला अदालत सुनसरीबाट  ५ दिन  म्याद थप गरी थप अनुसन्धान भईरहेको थापाले जानकारी दिए ।