धरान : यो वर्ष धरानमा आँपको कारोबार दोब्बरले वृद्धि भएको छ ।

असार को दोस्रो साता सम्म आइपुग्दा अहिले सम्म २ हजार ९ सय ४५ मेट्रिक टन को कारोबार भएको र औसतमा ४० रुपैयाँ प्रति केजीका दरले १३ करोड बराबरको कारोबार भएको कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

अहिले सम्म धरानको कृषि उपज बजार स्थलमा सप्तरी सिराहा,धनुषा,उदयपुर,सुनसरी,मोरङ बाट आँप आपूर्ति भइरहेको छ । असार को मध्य बाट धनकुटा तेह्थूम भोजपुर बाट आँप आउन थाल्ने बताइएको छ ।
यो साल अनुमानित कारोबार अहिले सम्म ४० प्रतिशत कारोबार भएको छ । अब ६० प्रतिशत आँप बगान बाट आउने क्रम जारी रहेको कृषि उपज बजार स्थल धरानले जनाएको छ ।

गतबर्षको तुलनामा यस वर्ष आँप सस्तो
यस वर्ष आँपको मूल्य गतको भन्दा आधा सस्तो रहेको छ ।

हाल दैनिक २० टन आँप औसत ८ लाखको कारोबार भइरहेको छ । बिषेशगरी बजारमा मालदह,कृष्णभोग,कलकत्ते,दशहरी,आम्रपाली,मल्लिका,बम्बई,गूलाबखास र बिजू आँपको बजारमा कारोबार भइरहेको छ । तर मुख्य कारोबार र उपभोक्ताको चाहाना मालदह नै रोजाइमा छ ।

गत वर्ष आँपको औसत प्रति के.जी. ८० थियो भने यतिखेर प्रति के.जी.औसत४५ रुपैयाँ मालदह आँपको रहेको छ । यस वर्ष फल्ने साल भएकोले र बगान पनि थपिने क्रम रहेकोले यस वर्ष आँपको कारोबार दोब्बर नै बढ्ने अनुमान गरिएको छ ।

उपभोक्ता सतर्क
आँपमा कार्बाेहाईड्रेड हाल्दा राम्रो रङ्ग देखिने र सबै एकैनासले पाक्ने हुँदा त्यो कार्बाेहाईड्रेड हाल्न कृषक ब्यपारी रुचाउँछन् ।

तर त्यस्तो अखाद्य बस्तु हाल्न कृषि उपज बजारमा नदिइएको हुँदा काँचो आँपको अहिले कारोबार भई रहेको छ । विगतका वर्षहरू भन्दा दिन प्रतिदिन उपभोक्ता सचेत भएकोले पाकेको आँप किन्नु भन्दा काँचो आँप नै किनेर आफै पकाएर खाने प्रचलन बढेको छ ।

आँपको सिजन (करिब वैशाख पहिलो हप्ता देखि वैशाख भर भारतीय आँप बजारमा आउने गर्दछ । ज्येष्ठ देखि साउन दोस्रो साता सम्म नेपालको स्थनिय आँपको कारोबार हुन्छ र त्यस पश्चात् मध्य साउन देखि करिब भदौ सम्म पुनः भारतीय आँपको कारोबार हुने गरेको आँप व्यावसायीहरु बताउँछन् ।
धरानको कृषि उपज बजार स्थलबाट झापा मोरङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा र जनकपुर सम्म आँप निर्यात हुने गरेको व्यवस्थापक भट्टराईले बताए ।

Aap-2 Aap-3 Aap-4