धरान : धरान-१४ विजयपुरको नारायणपुरमा बस्दै आएका काँग्रेसका क्षेत्रीय सदस्य तथा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव प्रताप भट्टराईले झुन्डिएर आत्महत्या गरेका छन् ।

उनले धरान १४ नारायणपुरस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको हुन् । २८ वर्षीय मृतक भट्टराई नेपाली काँग्रेसको क्षेत्रीय सदस्य हुन् भने प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव पनि हुन् ।

नेपाली काँग्रेस नगर सचिव श्याम पोख्रेलका अनुसार कोठामा पङ्खामा पहेलो रामनामीको पासो लगाई झुन्डिएको अवस्थामा भट्टराईलाई भेटिएको थियो । मृतक भट्टराईको श्रीमती र छोरी माइती गएको कारण कोठामा एक्लै थिए । करिब साढे ९ बजेतिर मात्र उनले आत्महत्या गरेको थाहा पाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोली घटनास्थलमा पुगेर अहिले घटनास्थलको मुचुल्का गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा    लागिएको बताइएको छ ।