इटहरी : ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान हराएका मोबाइल फेला पारेको छ ।

विभिन्न समयमा हराएका करिब १० लाख ३८ हजार बराबरको मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको हो ।

मोबाइल हराएको निबेदन दिएको आधारमा बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको मोबाइल फिर्ता गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडीआर शाखा स्थापना भएदेखी हालसम्म अन्दाजी पचपन्न लाख छ्‍यासी हजार बराबरको २३१ थान मोवाईल फेला पारीको जनाएको छ ।