इटहरी : निरन्तरको वर्षको कारण इटहरी स्थित ट्यांग्रा खोलाले दुई घरमा क्षति पुर्‍याएको छ । इटहरीको ट्यांग्रा खोलाको पुल नजिक हिजो राती देखि आएको बाढीले कटान गरेर दुई घरमा कस्ती पुर्‍याएको हो ।

पुल छेउमा रहेको नारायण गोपाल टोलमा बाढीले क्षति पुर्‍याएको हो । बाढीले घरको पर्खाल भत्काई दिएको छ । सिँचाइ विभागले तटबन्ध निर्माणमा हेलचेक्र्याइँ गर्दा बाढीले क्षति पुर्‍याएको पीडित खगेन्द्र खड्काले बताए ।

यस अघि पनि पटक पटक डुबानमा पर्ने इटहरी केही समय यता ट्यांग्रा खोलाको मुहान सेरा खोलामा तटबन्ध बनाइएपछि डुबान कम भएको थियो ।