धरान : सूचनाको हककोलागि राष्ट्रिय संजाल सुनसरी शाखाले युवाहरूलाई सूचनाको हकको २ दिने अभिमुखिकरण कार्यक्रम  शनिबार सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिका र संसद क्षेत्र बिकास कोषको आर्थिक सहयोगमा कृषि बजार ब्यवस्थापन समितिको सभाहलमा भएको तालिममाको समापन प्रदेश नं १ माननीय सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रदीपकुमार भण्डारीको आतिथ्यमा  विद्यार्थी र युवाहरूलाई प्रमाण पत्र दिएर कार्यक्रम सम्पन्न  गरिएको थियो 

कार्यक्रमको सहजीकरण सूचनाका हकका राष्ट्रिय संजालका केन्द्रिय सदस्य तथा प्रदेश एकका सदस्य सचिव राजु श्रेष्ठ ,सूचनाको हकका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक बिष्णु चौलागाईं र प्रदेश सदस्य आशिषराज यादवले गरेका थिए । सूचनाको हक भनेको के हो ?, सूचना कहाँ माग्ने ?, कति बर्षसम्मका सूचना माग्न सकिन्छ ?, किन सूचना माग गर्न ?, र मागेका सूचना नदिएमा कहाँ कुन निकाय जाने भनेर सहजीकरण गराएका थिए ।

कार्यक्रममा २५ युवाहरु सहभागी रहेका थिए । सहभागीहरुले कार्यक्रमबाट धेरै ज्ञान हासिल भएको प्रतिक्रिया दिएका थिए । सहभागी सबु बरालले २ दिनको तालिममा सूचनाको ऐन हक प्रयोग गरेर कानुनी राज्यको स्थापना गर्न सकिने र नागरिक सुसूचित बन्न सकिने बुझेको बताइन । सहभागी मध्यकै अलङकार पराजुलीले सूचनाको हक युवाहरुकोलागि अझ महत्व रहेको सार्वजानिक निकायले गर्ने काम कारबाही खुल्ला र पारदर्शीरुपमा गरका छ कि छैनन  चनाखो भएर युवाहरुलाग्नु पर्ने बताएका थिए ।

सभामुख भण्डारीले  मन्तब्यको क्रममा सूचनाको हक दु :ख दिने नियतले हैन राज्यलाई नागरिकप्रति जनाफदेहि र जिम्मेबार बनाउने ढङगबाट प्रयोग गनुपर्ने बताउदै सूचनाको हक सम्मान संरक्षणका लागि आफ्ना कर्मचारिको लागि उपयुक्त तालिम र प्रशिक्षणको ब्यवस्था  गर्नू पनि सार्वजानिक निकायको दायित्व रहेको बताए ।