इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले ११ र १२ को परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा कक्षा ११ र १२ को परीक्षा नहुने भन्ने आशयको समाचार आएको बिद्यार्थीहरुलाई अन्योल नहुन आग्रह गरेको हो ।

परीक्षा नहुने भन्दै आएको समाचारमा ध्यानाकर्षण भएको भन्दै हिसानले निकालेको विज्ञप्तिमा भनिएको छ ' कुनै पनि सरकारी निकायबाट आधिकारिक निर्णय नभएकोले गलत समाचारको खण्डन गर्दै पठन पाठनका साथै परीक्षाको तयारीमा रहन विद्यार्थी , शिक्षक लगायत समस्त अभिभावकहरूलाई विशेष अनुरोध गरिन्छ ।'

केही दिन देखि कक्षा ११ र १२ को पठनपाठन तथा परीक्षा विद्यालय तहबाटै गरिने भनी आएको समाचारको खण्डन गर्दै संघले हल्लालाई चिर्न विज्ञप्ति निकालेको हिसान सुनसरीका सचिव सागर प्रसाद भट्टराईले बताए ।