धरान : भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीका कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा १ बालिका घाइते भएकी छिन् ।

आगलागीबाट अन्दाजी १५ लाख बराबरको क्षति भएको छ । आइतबार दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगायत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको हो ।

सो आगलागीमा परी कार्कीको ३ बर्षीया नातिनी विष्णु माया कार्की घाइते भएकी छन् । घाइतेलाई उपचारको लागी बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो पौने ३ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।