विराटचोक : मोरङको सुन्दरहरैचा नगरपालिका-१२ स्थित विराटचौकमा आगलागी भएको छ ।

विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिण पट्टि रहेको मन्दिरा न्यौपानेले सञ्चालन गरेको ए वान खाजा घर ,अर्चना पोख्रेलले सञ्चालन गरेको पोख्रेल स्टाप होटल र रमेश डङ्गोलले सञ्चालन गरेको धनकुटे समिर स्टाप होटलमा आगलागी भएको हो।

होटलमा १० वटा ग्यासको सिलिन्डर रहेकोमा ६ वटा पट्कीएको बताइएको छ । आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । उनीहरुको स्थानीय सुकुना सामुदायिक अस्पतालमा उपचार भै रहेको र गम्भीर घाईते खगेन्द्र प्रसाद लुईटेल, छत्र थापा र गोबिन्द अधिकारी तीन जनालाई थप उपचारको लागि नोबेल हस्पिटल पुर्याईएको छ ।

आगलागी के कारणले भएको भन्ने यकीन भै नसकेको, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। करिब १ बजेबाट शुरु भएको आगलागीबाट टिनको छानो भएको ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

सुन्दरहरैचा, बेलबारी, इटहरीकोे दमकलको सहायताबाट आगलागी नियन्त्रणमा लिएको छ