धरान : ताप्लेजुङ श्रीजघां-१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।

आइतबार ११ बजे घरबाट निस्किएका रबिन अबेर सम्म पनि घर फर्की नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको भनि मृतकका बाबु सबिना दर्जीले प्रहरी चौकी सिनाम ताप्लेजुङमा जानकारी गराएका थिए ।

घटनाको जानाकारी पाउना साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।