धरान :मोरङको विराटनगर महानगरपालिकाकामा धान दिवसको अवसरमा वडा नम्बर -१९ मा खापटोलका स्थानीयवासी सँग उत्साहसाथ सामूहिक धान रोपाईंमा मेयर उपमेयर रोपाइमा ब्यस्त थिए ।

महानगरपालिकाका मेयर भीम पराजुलीले रोपाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए । पराजुलीले भने,“प्रमुख बालीको रुपमा धानखेती नै भएकोले पनि असार १५ को विशेष महत्व छ ।” उनले किसानले मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक गर्ने महिना नै असार भएको बताए ।

हरियाली कृषक समूहले आयोजना गरेको कार्यक्रममा महानगरकी उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल,कर्मचारी तथा स्थानीयले खेतका गह्रामा पसेर सामूहिक रोपाईं र रमाइलो गर्दै विराटनगरमा धान दिवस मनाएका छन् ।

कोभिड महामारीको सन्त्रासको बीच पनि रोपाइँ अर्थात् धान रोप्ने कार्यको रौनक खासै घटेको छैन ।

मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १७ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले यस वर्ष धान दिवसको नारा 'धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरेको छ । तर यस वर्ष भने कोरोना भाइरस ९कोभिड १९० महामारीका कारण दिवस र महोत्सवका औपचारिक कार्यक्रम भने राखिएका छैनन् ।

किसानहरुले महानगरपालिका सँग कृषिको आधनिकिकरण र बिधिकरण गर्न सहयोग गर्नुपर्ने माग गरेका छन् ।