धरान : नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

 १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा सोमबारसम्म कोरोना संक्रमितको संख्या  १३ हजार २४८ पुगेको बताए ।