धरान : घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं-५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन्।

आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ।
घोराही उपमहानगरपालिका वडा नं। १८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए।

‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गर्नु परेको हो ’ डिएसपी खड्काले भने ‘पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको छ।’

डिएसपी खड्काले डाँगीविरुद्ध कसुर बमोजिम मुद्दा चलाएर कानुनी कारवाही हुने जानकारी दिए।