धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सोमबार ८ जना कोरोना सङ्क्रमित बिरामी निको भएर घर फर्किएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार मोरङका ८ जना १७ देखि ६० वर्षका पुरुषहरूको स्वास्थ्य प्रोटोकल अनुसार पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ कोरोना नभएको आएकोले उनीहरूलाई डिस्चार्ज गरिएको हो ।

बीपीमा पछिल्लो पटक नयाँ ३ जना कोरोना सङ्क्रमित उपचारका लागि थपिएका छन् । यो सँगै अझै प्रतिष्ठानमा ३१ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ । आज डिस्चार्ज भएकाहरूसँगै बीपीबाट १ सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

एन्फा क्वारेनटाइनमा बस्ने ४१ जनाको स्वाब लिइयो
धरान उपमहानगरपालिकाले सञ्चालन गरेको धरान १७ स्थित एन्फा क्वारेनटाइनमा बसेका ४१ जनाको आज पिसिआर परीक्षणका लागि स्वाब लिइएको छ ।

विभिन्न देशबाट आएर एन्फा क्वारेनटाइनमा बस्दै आएका ३१ जना पुरुष र १० जना महिला गरी जम्मा ४१ जनाको थ्रोट स्वाब लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

PCR-Test 1