धरान : धरान १३ फुस्रेमा निर्माण भएको रे्यापिड स्याण्ड फिल्टरबाट खानेपानी शुद्धीकरण सुरु भएको छ ।

आइतबार देखि सुरु गरिएको रे्यापिड स्यान्ड फिल्टरमा सर्दु र खर्दु मुहानबाट नेपाल खानेपानी संस्थानले सप्लाई गरिरहेको पाइप आज जडान भएपछि फुल स्पिडमा फिल्टरमा पानी खसाइने एकीकृत सहरी विकास आयोजनाद्वारा सञ्चालित खानेपानी परियोजनाका आयोजना प्रमुख राजु पोख्रेलले बताए । फिल्टरमा खसाइएको पानीलाई सुद्धिकरण गरी एकीकृत सहरी विकास आयोजनाद्वारा निर्माण गरिएका पिण्डेश्वरको ९ लाख लिटर, फुस्रे र विष्णुचौकको ५-५ लाख लिटरको रिजर्भ टङ्कीमा जम्मा गरेर पानी वितरण गरिने बताइएको छ ।

धरान १४ विजयपुरका लागि भने फुस्रेमा निर्माण गरिएको २ लाख लिटरको ओभर हेड टङ्कीमा पम्पमार्फत चढाई पम्पको माध्यमबाटै खानेपानी वितरण गरिनेछ ।  फुस्रेमा निर्माण भएको र्यापिड स्यान्ड फिल्टरबाट बर्षायाममा दैनिक १ करोड ६० लाख र हिउँद महिनामा ५०,६० लाख लिटर खानेपानी लाई सुद्धिकरण गरेर वितरण गर्न सकिने प्रमुख पोख्रेलले बताए ।

खानेपानी संस्थानबाट वितरण गरिएको खानेपानी फिल्टर नगरी सिधै खोलाबाट सामान्य फिल्टर गरेर वितरण गरिएकोले अव र्ेयापिड स्यान्ड फिल्टरबाट पानीलाई शुद्ध बनाएर मात्रै वितरण गर्नका लागि तयारी भइरहेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

यही अनुसार खानेपानी संस्थानसँग सहकार्य भयो र यही गतिमा काम अघि बढ्यो भने एक हप्ता भित्रमा धरान बासीलाई शुद्ध खानेपानी वितरण गर्न सकिने आयोजना प्रमुख राजु पोख्रेलले बताए ।

जमिनमुनिको पानीलाई सुद्धिकरण गरीरहनुपर्ने जरुरी हुँदैन, पम्पले तान्दा नै खान योग्य हुन्छ तर खोलाको पानी बर्खा याममा धमिलो हुने भएकोले फुस्रेको र्र्यापिड स्यान्ड फिल्टरले छानेर ७ पिपिएममा मा ल्याएकोले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार १० पिपिएमको पानी खान योग्य हुन्छ भने यहाँ ७ पिपिएमको पानी सुद्धिकरण भएकोले निकै शुद्ध भएको प्राविधिकहरूले बताए । यही गतिमा काम भयो भने अबको एक साता भित्र सफा खानेपानी वितरण हुनेछ ।