धरान : प्रदेश १ मा सवारी दुर्घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तेह्रथुममा २, इटहरीमा १ र बर्जुमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तेह्रथुम आठराई गाउँपालिका-५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका-५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन ।

शुक्रबार बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडा बाट सुकेपोखरी तर्फ जाने क्रममा एक्कासी १० मिटर तल खसी दुर्घटना हुदा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुको जिल्ला अस्पताल पांचथरमा उपचार भईरहेको छ ।

यसै गरी शुक्रबार अपरान्ह साढे ४ बजे सुनसरी बर्जु गाउँपालिका-२ स्थित बिराटनगर सितागंज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परले को २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटोमा सवार रहेका ५५ बर्षीय शिवु महत्तोको मृत्यु भएको छ ।

यस्तै ईटहरी-७ बस्ने २० बर्षीया स्वस्तिका चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

शुक्रबार साझँ साढे ५ बजे ईटहरी-१७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुदा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा हिजो साझँ सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।